कतारको राष्ट्रिय दिवसका अवसरमा रात्रिभोज

हिमाल प्रेस २ पुष २०८१ १९:१३ | Tuesday, December 17, 2024
कतारको राष्ट्रिय दिवसका अवसरमा रात्रिभोज

काठमाडौँ- नेपालस्थित कतारी राजदूतावासले काठमाडौँमा विभिन्न कार्यक्रम गरेर कतारको राष्ट्रिय दिवस मनाएको छ। मंगलबार दूतावासले रात्रिभोजको आयोजना गरेको थियो।

नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारी राजदुत मिशाल विन मोहमद अलअन्सारीले संयुक्तरूपमा केक काटेर रात्रिभोजको सुरुवात गरेका थिए। उपराष्ट्रपति यादवले दिवसका अवसरमा कतारी जनतालाई शुभकामना दिए।

राजदूत अल अन्सारीले नेपाल र कतारबीच बलियो कूटनीतिक सम्बन्ध रहेको बताए। उनले कतारको विकास र समृद्धिमा नेपाली कामदारहरूको योगदानको प्रशंसा पनि गरे।

कतार राष्ट्रिय दिवसमा देशभित्र धुमधामका साथ मनाइने गरेको दूतावासले जनाएको छ। साथै विभिन्न देशमा रहेका राजदुतावासहरूले पनि पायक पर्ने समयमा ती देशहरूमा भव्यताका साथ मनाउने गरेका छन्।

‘कतार राष्ट्रिय दिवस भनेको संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीद्वारा कतारको एकीकरणको राष्ट्रिय स्मरण हो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीले आधुनिक कतार राज्यको अवधारणा ल्याएर कतार एउटा एकीकृत, एकताबद्ध र स्वतन्त्र राज्य बनेको विश्वास छ। यो १८७८ को डिसेम्बर १८ मा भएको थियो।’

प्रकाशित: २ पुष २०८१ १९:१३ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast