वर्षाका कारण रोकियो खेल, नेपाल र भारतले बाँडे अंक

हिमाल प्रेस २ पुष २०८१ १५:२३ | Tuesday, December 17, 2024
वर्षाका कारण रोकियो खेल, नेपाल र भारतले बाँडे अंक

काठमाडौँ- वर्षाका कारण खेल रद्द भएपछि नेपाल र भारतले एसिसी महिला यु-१९ एसिया कपमा अंक बाँडेका छन्। मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइ रहेको भारतले ३.१ ओभरमा कुनै पनि विकेट नगुमाई २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भाव नभए पछि दुवै टोलीलाई एक अंक दिइएको छ।

यो नतिजासँगै समूह ‘बी’ मा सामना तीन अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बनेका छन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान पूजा महतोले २५ र अलिशाकुमारी यदावले अविजित २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। भारतका लागि परुनिका सिसोडियाले चार तथा मिथाली र आनन्दिताले समान एक विकेट लिए। सुपर फोरमा नेपालले बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशको सामना गर्नेछ।

प्रकाशित: २ पुष २०८१ १५:२३ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast