अन्तरजातीय प्रेम कथामा ‘सोल्टिनी’ बन्दै, को को छन् कलाकार?

हिमाल प्रेस २ पुष २०८१ १५:२८ | Tuesday, December 17, 2024
अन्तरजातीय प्रेम कथामा ‘सोल्टिनी’ बन्दै, को को छन् कलाकार?

काठमाडौँ- अर्जुन सुवेदीको निर्देशनमा फिल्म ‘सोल्टिनी’ बन्ने भएको छ। केही दिनअघि छाेटाे भिडियाेसहित फिल्मको निर्माण घोषणा गरिएको थियो।

प्रकाश सपूत र परीक्षा लिम्बूको मुख्य भूमिका रहने भनिएको फिल्ममा विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा, सब्बु गुरुङलगायत कलाकार भित्रिएका छन्।

सब्बु गुरुङले ‘सोल्टिनी’ बाट फिल्ममा डेब्यु गर्ने भएकी छन्। यसअघि उनले रंगमञ्चमा काम गरेकी थिइन्। फिल्म निर्माण टिमले उनलाई अडिसनमार्फत छनोट गरेको हो।

फिल्ममा कलाकार प्रकाशले ‘भीमसेन पोखरेल’ र परीक्षाले ‘दिलासा राई’को भूमिकामा देखिनेछन्। उनीहरु पहिलाेपटक रिलमा जाेडी बन्दैछन्।

फिल्मले दुई पात्रको अन्तरजातीय प्रेम र समाजमा व्याप्त जातीय विभेदको विषयलाई प्रस्तुत गर्ने टिमको दाबी छ। जस्लाई निर्माण टिमले भोजपुर गाउँको कथा भनेको छ।

यही पुस १५ देखि भोजपुरमा फिल्मको छायांकन हुँदैछ। सुशन प्रजापतिले छायांकन गर्नेछन्। प्लानेट थ्री फिल्म्सको प्रस्तुति रहेको फिल्म नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको हो। फिल्मका निर्माता रेजिना बिस्ट र संसार चौलागाईं हुन्।

फिल्म आगामी वर्ष २०८२ असोज ३ मा प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: २ पुष २०८१ १५:२८ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast