काठमाडौँ- हरर र कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ आगामी माघ ४ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। यसअघि फिल्म कात्तिक २२ मा प्रदर्शन हुने भनिएको थियो।
फिल्म सन्दिप श्रेष्ठ र नवीन भट्टको लेखनमा बनेको छ। फिल्ममा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय छ। सन्दीप र भावनाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
फिल्म जितु तामाङको छायांकन, अनन्त घिमिरेको सम्पादन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त शिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइनमा बनेको छ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता मनोज कुमार अधिकारी हुन्। उनी करिब १५ वर्षपछि फिल्म निर्माणमा फर्किएका हुन्। उनले यसअघि ‘नौ डाँडा पारी’, ‘मंगल सुत्र’ गरेका थिए।