काठमाडौँ- नेपालले एसिसी महिला यु-१९ एसिया कपको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भारतविरुछ पहिला ब्याटिङ गर्ने भएको छ। मलेसियाको बायोमास ओभलमा भारतले टस जितेर फिल्डिङको निर्णय लिएको छ। दुवै टोलीले सुपर फोरमा स्थान सुरक्षित गरिसकेका छन्। यही खेलले समूह ‘बी’ को विजेता टुंगो लाग्नेछ।
कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि पूजाले दुई विकेट लिनुका साथै ४७ रन बनाएकी थिइन्।
लगातारको दोस्रो हारसहित पाकिस्तानले पाँचौं स्थानका लागि खेल्ने भएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग ९ विकेटले पराजित भएको थियो।
प्रकाशित: २ पुष २०८१ १२:३० | Tuesday, December 17, 2024
प्रतिक्रिया




