जिप्रका महोत्तरीका नायब सुब्बा यादव र साहविरूद्ध भ्रष्टाचार मुद्दा दायर

हिमाल प्रेस १ पुष २०८१ १६:२१ | Monday, December 16, 2024
जिप्रका महोत्तरीका नायब सुब्बा यादव र साहविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा अशोककुमार यादव र दिनेशप्रसाद साहविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

घुससहित पक्राउ परेका उनीहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा यादव र साहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले २० हजार घुससहित पक्राउ गरेको थियो।

सवारी ज्याद कसुर मुद्दामा मृतकको नजिकका हकदार (पीडित पक्ष) ले पाउनुपर्ने क्रिया खर्च तथा क्षतिपूर्तिवापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै यादव र साहले घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।

दुवै जनामाथि बीस हजार बिगो कायम गरी बिगो बमोजिमको जरिवाना र सजाय मागदाबी लिइएको घिमिरेले बताए।

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा घुससहित पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकले प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरणसमेत लिएका थिए।

प्रकाशित: १ पुष २०८१ १६:२१ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast