इस्कोनद्वारा रुकुमपश्चिम कारागारमा श्रीमद्भगवद्गीता यथारूप वितरण

हिमाल प्रेस ३० मंसिर २०८१ १२:३६ | Sunday, December 15, 2024
इस्कोनद्वारा रुकुमपश्चिम कारागारमा श्रीमद्भगवद्गीता यथारूप वितरण

रुकुमपश्चिम- नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनानामृत संघ (इस्कोन नेपाल) ले कारागार रुकुमपश्चिममा श्रीमद्भगवद्गीता यथारूप निःशुल्क वितरण गरेको छ।

इस्कोन नेपालको बागलुङ शाखाले विभिन्न व्यक्तिहरूबाट प्रायोजित श्रीमद्भगवद् गीता यथारूप कारागारका कैदीबन्दीहरूलाई वितरण गरिएको हो।

आजभन्दा करिब ५ हजार वर्ष पहिले भगवान् श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रको युद्धभूमिमा दिएको ज्ञान आजको मानव समाजमा पनि उत्तिकै सान्दर्भिक छ।

गीतामा अर्जुनका माध्यमबाट भगवान् श्रीकृष्णले सिकाएको अस्तित्वको अर्थले धेरैको जीवन परिवर्तन गरेका उदाहरणहरू प्रयाप्त पाइन्छन्।

भौतिक संसारमा गीताको गुह्यज्ञानद्वारा जीवन परिवर्तन गर्न सकिने इस्कोन बागलुङका ब्रह्मचारी गोविन्द गोलोकेश्वर दाासले बताए। मानव जीवनको मूल्य सिकाउने म्यानुअल–भागवत् गीता यथारूप–जीवनमा एकपल्ट अध्ययन गर्नुपर्ने दिनबन्धु दासको भनाइ छ।

विशेष गरेर गीता जयन्तीको महिना पारेर इस्कोनले विश्वव्यापी रूपमा श्रीमद्भगवद् गीता वितरण कार्यक्रम–डिसेम्बर म्याराथन–लाई विशेष रूपमा मनाउँदै आएको स्कोन नेपालका आजीवन सदस्य श्याम गैरेले बताए।

प्रकाशित: ३० मंसिर २०८१ १२:३६ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast