गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता, संख्या बढ्दै

हिमाल प्रेस १४ पुष २०७९ २०:१९ | Thursday, December 29, 2022
गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता, संख्या बढ्दै फाइल तस्बिर।

काठमाडौँ- गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत विशिष्टहरूको सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन्। मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि मन्त्रालयले विज्ञप्ति जारी गरी कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो।

मापदण्डविपरीत खटिएका नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरीका ९१ जना गरी १९४ जना सुरक्षाकर्मी फिर्ता भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।  पोखरेलका अनुसार जिल्लातहको विवरण आइनपुगेकोले फिर्ता भएका सुरक्षाकर्मीको संख्या अझै बढ्नेछ।

‘मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुनेक्रम जारी छ,’ उनले भने,’अहिलेसम्म १९४ जना फिर्ता भइसके। जिल्ला-जिल्लाको विवरण आउन बाँकी नै छ। यो तथ्यांक अझै बढ्छ।’ उनले विशिष्ट व्यक्तिको सुरक्षामा कति सुरक्षा खटाउने भन्ने निर्णय सुरक्षा समितिको बैठकले छिटै गर्ने पनि जानकारी दिए।

गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता, संख्या बढ्दै

प्रकाशित: १४ पुष २०७९ २०:१९ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast