जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन दिन्नौँ : अर्थमन्त्री पौडेल

हिमाल प्रेस २८ मंसिर २०८१ १६:०६ | Friday, December 13, 2024
जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन दिन्नौँ : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभाको उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठूलो योगदान रहेको बताए।

सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने उनको भनाइ छ। उनले घरजग्गा कारोबारमा देखिएको शिथिलताको प्रभाव अरू क्षेत्रमा पनि देखिएकाले यसलाई गति दिन सरकारले आवश्यक वातावरण बनाउने बताए।

अर्थमन्त्री पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिन आफू सकारात्मक रहेको बताए। उनले यस विषयमा छलफलमा आउन व्यवसायीलाई आग्रह गरे। उनले अनुमतिप्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने पनि बताए।

प्रकाशित: २८ मंसिर २०८१ १६:०६ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast