रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै

हिमाल प्रेस २७ मंसिर २०८१ १०:२३
8
SHARES
रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै रवि लामिछाने। फाइल तस्बिर

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ।

विभिन्न सहकारीको रकम अपचलन प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पछिल्लोपटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो।

उनीसँगै ४ जनालाई पनि अदालत उपस्थित गराइँदै छ। गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइलाई अदालतमा उपस्थित गराउन लागिएको हो।

उनीहरूमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।

आज म्याद थपका लागि अदालत उपस्थित गराउने र अर्को पटकमा अभियोग पत्र दायर गर्ने तयारी गरिएको छ।

प्रकाशित: २७ मंसिर २०८१ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast