काठमाडौँ- काठमाडौँमा मित्रराष्ट्र कतारको राष्ट्रिय दिवस मनाइएको छ। सो अवसरमा बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन) मा उपराष्ट्रपति रामसहायप्रसाद यादव सरिक भएका थिए।
उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीमार्फत कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत मिशाल एम अल अन्सारीले कतारले नेपालमा ऊर्जा, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्ने बताए।
कतार-नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउन श्रम अधिकार सुधार, कूटनीतिक सहकार्य विस्तार र लगानी प्रोत्साहन जस्ता क्षेत्रहरूमा काम गर्न सकिने पनि राजदूत अन्सारीले बताए।
सो समारोहमा यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।