साउदी अरेबियाले पायो २०३४ को विश्वकप फुटबल आयोजना गर्ने अवसर

हिमाल प्रेस २७ मंसिर २०८१ ६:४२ | Thursday, December 12, 2024
साउदी अरेबियाले पायो २०३४ को विश्वकप फुटबल आयोजना गर्ने अवसर

काठमाडौँ-  सन् २०३४ को फिफा विश्वकप फुटबल आयोजना साउदी अरेबियाले गर्ने अवसर पाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० तथा सन् २०३४ को विश्वकप आयोजक टुंगो लगाएको हो।

भिडियो लिंकमार्फत भएको फिफाका २११ सदस्य राष्ट्रको बैठकले सो निर्णय गरेको हो। सन् २०३० को विश्वकप फुटबल स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछ।

त्यसैगरी विश्वकप फुटबल सुरुवातको सय वर्ष पूरा भएको उपलक्ष्यमा तीन खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा हुनेछन्।

प्रकाशित: २७ मंसिर २०८१ ६:४२ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast