कसैसँग पार्टी एकीकरण प्रक्रियाबारे छलफल भएको छैन : जगन्नाथ खतिवडा

हिमाल प्रेस १४ पुष २०७९ १६:३४ | Thursday, December 29, 2022
कसैसँग पार्टी एकीकरण प्रक्रियाबारे छलफल भएको छैन :  जगन्नाथ खतिवडा

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टी कुनै पार्टीसँग एकीकरण गर्नेगरी अगाडि नबढेको बताएका छन्। उनले हल्लाको भ्रममा नपर्न पनि भनेका छन्।

‘बजार हल्लाको भ्रममा नपरौ, हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) कुनै पार्टीसँग एकीकरण गर्नेगरी अगाडि बढेको छैन’, प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला पार्टी सुदृढीकरणको योजना बनाउँदै छ।’

नेता खतिवडाले पार्टी विस्तारका अभियानहरू कसरी अगाडि बढाउने भनेर विचार विमर्शमा भइरहेको पनि बताएका छन्।

‘स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू आयोजना गर्ने तयारी गर्दैछ’, उनले भनेका छन्, ‘प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरि सकेको छैन, छलफल चल्दैछ। तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन।’

प्रकाशित: १४ पुष २०७९ १६:३४ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast