एनपीएल

काठमाडौँको पहिलो जित, कर्णालीको लगातार दोस्रो हार

हिमाल प्रेस १९ मंसिर २०८१ १२:३८
14
SHARES
काठमाडौँको पहिलो जित, कर्णालीको लगातार दोस्रो हार

काठमाडौँ- काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित हासिल गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको हो।

कर्णालीले प्रस्तुत गरेको १५० रनको मध्यम लक्ष्य काठमाडौँले १९.३ ओभरमा सात विकेट खर्चिँदै पूरा गर्‍यो।  कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन्।

टस हारेर ब्याटिङ गरेको कर्णालीले ५ को विकेटको क्षतिमा १४९ रन बनायो। कर्णालीका चाडविक वाल्डन २१, बाबर हायात १३, गुलशन झा १२, अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए भने ओपनर देव खनाल डक आउट भए।

लक्ष्य भेट्टाउने क्रममा काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएर पहिलो जित हात पारेको हो। कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले हारेको थियो।

प्रकाशित: १९ मंसिर २०८१ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast