 
                             
                                            काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा मञ्चनरत नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ यही मंसिर २३ सम्म मञ्चन हुने भएको छ। नाटक हेर्ने दर्शकको चाप बढेपछि एक साता सो थपेको निर्देशक केदार श्रेष्ठले जानकारी दिए। यसअघि मंसिर १६ सम्म मञ्चन गर्ने भनिएकाे थियाे।
कात्तिक २४ देखि मञ्चन भइरहेको नाटकका लेखक तथा परिकल्पनाकार निर्देशक श्रेष्ठ नै हुन्। नाटकमा मेनुका प्रधान र कार्मको अभिनय छ।
नाटक मानवीय भावना, प्रेम अनि सहअस्तित्वका जटिलतासँग सम्बन्धित छ। जसलाई सन्तानको चाहनामा रहेका एक दम्पतीको आशा, सपना, आकांक्षा, बाधा र दुविधाबीच चल्ने मुटुको धड्कनलाई प्रतिध्वनिको रुपमा प्रस्तुत गरिएको छ।
                            प्रकाशित: १८ मंसिर  २०८१ १५:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![बालबालिकासँग काम गर्दा बच्चै बन्नुपर्छ : केदार श्रेष्ठ [अन्तर्वार्ता]](https://himalpress.com/wp-content/uploads/2023/03/kedar-1.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 