कीर्तिपुरमा कांग्रेसका महर्जनले बढाए अग्रता

हिमाल प्रेस १७ मंसिर २०८१ १३:५०
82
SHARES
कीर्तिपुरमा कांग्रेसका महर्जनले बढाए अग्रता

काठमाडौँ- काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदको जारी मतगणनामा अगाडि भइरहेका नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले मतान्तर बढाउँदै लगेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार डंगोल २ हजार ४२० मतसहित अगाडि भइरहेका हुन्।

उनी एमाले उम्मेदवार डा.सुरेन्द्र मानन्धरभन्दा ३५९ मतले अघि भएका हुन्। मानन्धरले अहिलेसम्म २ हजार ६१ मत पाएका छन्। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले हालसम्म १ हजार ६७४ मत पाएका छन्।

अघिल्लो निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका केश रत्‍न बज्राचार्यले ५ हजार ५०७ र माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ९० मत ल्याएका थिए। तर मेयर राजकुमार नकर्मीकाे निधन भएपछि उपनिर्वाचन गरेर रिक्त पद पूर्ति गर्न लागिएको हो।

प्रकाशित: १७ मंसिर २०८१ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast