तनविर बने एनपीएलको एकै इनिङमा पाँच विकेट लिने खेलाडी

हिमाल प्रेस १७ मंसिर २०८१ ११:५३ | Monday, December 2, 2024
तनविर बने एनपीएलको एकै इनिङमा पाँच विकेट लिने खेलाडी

काठमाडौँ- नेपाल प्रिमियर लिगअन्तर्गत आज दोस्रो दिनको पहिलो खेल जारी छ। खेल चितवन राइनोज र काठमान्डु गुर्खाजबीच भइरहेको छ। खेलमा चितवन राइनोजले काठमान्डु गुर्खाजबाट ११२ रनको लक्ष्य पाएको छ।

टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो। ब्याटिङमा आएको काठमान्डुको ब्याटिङ टिममा चितवनका सोहेल तनविरले ध्वस्त पारे। उनी एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन्।

तनविरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका हुन्।

प्रकाशित: १७ मंसिर २०८१ ११:५३ | Monday, December 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast