उपनिर्वाचनमा असर नपार्न भन्दै १३ घण्टा सवारी रोक

हिमाल प्रेस १६ मंसिर २०८१ ८:०९
4
SHARES
उपनिर्वाचनमा असर नपार्न भन्दै १३ घण्टा सवारी रोक

काठमाडौँ- उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट-जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ। सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

कालीकोट-जुम्ला सडकअन्तर्गत तिलागुफा नगरपालिका-६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्म १३ घण्टा सडक बन्द हुने भएको हो। तिलागुफा नगरपालिका-४ राँचुलीमा वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएकाले सो दिन यातायातका साधन बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

सुरक्षा संवेदनशीलतालाई लिएर कालीकोट-जुम्ला सडकको खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने उनले बताए।

‘मंसिर १६ गते आइतबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको छ,’ उनले भने, ‘स्थानीय तह उपनिर्वाचन २०८१ मंसिर १६ गते हुने भएकाले शान्ति सुरक्षा कायम राख्न र निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न यातायातका साधन चल्न रोक लगाइएको हो।’

तिलागुफा नगरपलिका-४ राँचुलीमा वडाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ। बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ। उपनिर्वाचन हुने दिन वडा नं ४ मा सार्वजनिक बिदा दिइएको तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले बताए।

प्रकाशित: १६ मंसिर २०८१ ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast