स्वर्णिम वाग्लेको स्वीकार : रविको पक्षमा प्रदर्शन गर्ने क्रममा उपनिर्वाचनको तयारी गर्न सकिएन

हिमाल प्रेस १६ मंसिर २०८१ ६:४३
48
SHARES
स्वर्णिम वाग्लेको स्वीकार : रविको पक्षमा प्रदर्शन गर्ने क्रममा उपनिर्वाचनको तयारी गर्न सकिएन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेको बचाउमा उत्रदा उपनिर्वाचनमा लाग्न नसकेको स्वीकारेका छन्।

तनहुँको दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले प्रदर्शनका कारण पनि रास्वपाले उपनिर्वाचनमा उम्मेदवार नै नपाउने परिस्थिति बनेको बताए।

रास्वपाले उपनिर्वाचन हुने ४४ स्थानमध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको छ। दुई जिल्ला समन्वय समिति प्रमुख, ८ नगरपालिकारगाउँपालिका प्रमुख–उपप्रमुख र ३४ वडाध्यक्षसहित ४४ पदका लागि हुन लागेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने २६ पदमा मात्रै उम्मेदवारी दिएको छ।

नगर सभापति जयराम कार्कीको एकल उम्मेदवारी सिफारिस हुँदासमेत रास्वपाले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवार उठाएन।

सभापति रवि अहिले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको छानबिनका लागि प्रहरी हिरासतमा छन्। आफ्ना सभापतिलाई राज्यले प्रतिशोध साँधेर फसेको दाबीसहित रास्वपा विरोध प्रदर्शन गरिरहेकै छ। अहिलेसम्म पहिलो र दोस्रो चरणको आन्दोलन गरेको रास्वपाले उपनिर्वाचन नजिकिएपछि मात्र विरोध प्रदर्शनलाई थाँती राखेको हो।

प्रकाशित: १६ मंसिर २०८१ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast