कोशीमा टाइम कार्ड लागू

हिमाल प्रेस १५ मंसिर २०८१ १६:१६
6
SHARES
कोशीमा टाइम कार्ड लागू

इटहरी – सुनसरी, मोरङ र झापामा सवारी साधनका लागि टाइम कार्ड लागू भएको छ। कोशी प्रदेशमा पछिल्लो समय सवारी दुर्घटना बढेपछि शनिबारदेखि टाइम कार्ड लागू गरिएको हो।

मोरङको सुन्दरहरैँचा–७ स्थित गछिया चौकमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रकुवेर खापुङले टाइम कार्डको सुरुवात गरेका हुन्। पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको धरानदेखि विराटनगरसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरी सुनसरी, मोरङ र झापामा टाइम कार्ड लागू गरिएको हो।

टाइम कार्ड तोकिएपछि विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेटको समयावधि तोकिएको छ।

यसैगरी इटहरीदेखि धरानसम्म २० किलोमिटर दूरीका लागि ३८ मिनेटको समयावधि तोकिएको छ। काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ भने झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि एक घण्टाको समय निर्धारण गरिएको छ।

खासगरी पछिल्लो दुई सातामा मात्रै कोशी प्रदेशमा भएको सवारी दुर्घटनामा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०८१ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast