लरेन्स विश्नोईको नाममा व्यवसायीहरूलाई धम्की दिने पक्राउ

हिमाल प्रेस १४ मंसिर २०८१ १५:५० | Friday, November 29, 2024
लरेन्स विश्नोईको नाममा व्यवसायीहरूलाई धम्की दिने पक्राउ

काठमाडौँ- भारतीय आपराधिक समूहको नाममा नेपाली व्यवसायीहरूलाई धम्की दिने एक जनालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।

भारतीय आपराधिक समूह लरेन्स विश्नोइको सदस्य रहेको भन्दै व्यवसायीहरूलाई धम्की दिने मेचीनगर नगरपालिका–१३ चारआली बस्ने ३६ वर्षीय नविन प्रधान भन्ने हरिचन्द्र फुयाललाई प्रहरीले पक्राउ गरेको हो।

फुयाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।

फुयालले व्यवसायीहरूलाई विश्नोइ समूहको सदस्य हुँ भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग माफी माग्नु अन्यथा ज्यान लिने धम्की दिने गरेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा फुयालले आफूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा भारतीय आपराधिक समूहको नाममा व्यवसायीहरूलाई धम्की दिने गरेको बयान दिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए।

उनी यसअघि पनि विभिन्न आपराधिक कसुरमा संलग्न भई फरार रहेको अनुसन्धानबाट खुलेको वोगटीले बताए।

फुयालले व्यवसायीहरूलाई आतंकित पारी आपराधिक लिने उद्देश्यले विश्नोइ समूहको नाममा फोन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: १४ मंसिर २०८१ १५:५० | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast