अस्ट्रेलियामा १६ वर्ष उमेर नपुगेकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

हिमाल प्रेस १४ मंसिर २०८१ १३:२६ | Friday, November 29, 2024
अस्ट्रेलियामा १६ वर्ष उमेर नपुगेकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध तस्बिर :यूएनबी डटकम

काठमाडौँ- अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ। विश्वका अन्य मुलुकले समेत अँगाल्नसक्ने ठानिएको विधेयक बिहीबार पारित भएर कानुन बनेको हो।

एक हप्ताअघि मात्र पेस गरिएको विधेयकलाई विपक्षी दलले समेत समर्थन गरेसँगै कानुन बनेको हो। यो कानुन अनुसारको प्रतिबन्ध सन् २०२५ को नोभेम्बरदेखि लागू हुने अपेक्षा गरिएको छ।

यसबीच, सामाजिक सञ्जाल प्लेटफर्ममा नाबालिगको पहुँच रोक्न अस्ट्रेलियाले उमेर प्रमाणीकरण सुनिश्चित गर्ने प्रणाली बनाउने भएको छ। यसका लागि सामाजिक सञ्जालमा अकाउन्ट खोल्न बायोमेट्रिक वा राष्ट्रिय परिचयपत्रबाट वास्तविक विवरण प्रयोग हुने बताइएको छ।

यो नियम उल्लंघन गर्ने कम्पनीले २ करोड २० लाख डलरसम्मको जरिबाना तिनुपर्ने गरी कानुन बनाइएको छ।

प्रकाशित: १४ मंसिर २०८१ १३:२६ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast