म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन

हिमाल प्रेस १४ मंसिर २०८१ १३:०९ | Friday, November 29, 2024
म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन

काठमाडौँ- नेपालका लागि म्यान्माका राजदूत यु मायो माइन्ट माउङ्गले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको दर्शन एवं पूजाआजा गरेका छन्।  राजदूत माउङ्गसहित म्यान्माका राजगुरू सिकागो सायदोले आज स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी विधिपूर्वक चैत्यको पूजाआजा गरेका हुन्। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले उनीहरूलाई स्वागत गर्दै सम्मान गरेको छ।

महासमितिका अध्यक्ष महास्थवीर भिक्षु धर्ममूर्तिले ऐतिहासिक पक्षका साथै धार्मिक गतिविधिबारे उहाँलाई जानकारी गराउँदै बौद्ध साहित्य एवं दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न महासमितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

राजगुरू सायदोले विश्वशान्ति तथा मानव कल्याणका लागि बौद्ध शिक्षाको महत्व रहेकाले ती साहित्य तथा दर्शनको प्रवर्द्धनमा जोड दिने बताउँदै पवित्र तीर्थस्थलको अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गरे।

महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले विशेषगरी विभिन्न धार्मिक गतिविधि गरिने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने जानकारी दिए। उनले विभिन्न मुलुकका कूटनीतिक नियोगबाट गरिने भ्रमणले अन्तर्राष्ट्रिय तहमा सकारात्मक सन्देश प्रवाह भएर धार्मिक पर्यटनमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा महासमितिले विभिन्न प्रकाशनसहित उनीहरूलाई उपहार प्रदान गरेको थियो।

प्रकाशित: १४ मंसिर २०८१ १३:०९ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast