पुस ५ मा सर्‍याे ‘बम बहादुर’, टिजर सार्वजनिक

हिमाल प्रेस १२ मंसिर २०८१ १३:१९ | Wednesday, November 27, 2024
पुस ५ मा सर्‍याे ‘बम बहादुर’, टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘बम बहादुर’ आगामी पुष ५ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको टिजरसँगै पुस ५ लाई नयाँ मिति घोषणा गरेका हुन्। यसअघि फिल्म गत कार्तिक ३० मा प्रदर्शन हुने भनिएको थियो।

अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म भारतको दार्जिलिङमा भएको गोर्खा ल्याण्ड आन्दोलनको विषयमा आधारित छ। फिल्म जोन राईले निर्देशन गरेका हुन्।

फिल्ममा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बाग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटीलगायतको अभिनय छ। फिल्ममा निर्देशक राईसहित रुपेश तामाङको कथा र पटकथा लेखन छ। बिस्ट ब्रदर्स फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सञ्जीव सार्की हुन्।

यस्ताे छ टिजर

प्रकाशित: १२ मंसिर २०८१ १३:१९ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast