उपहार गोलले इन्टरको जित, अपराजित यात्रा कायमै

हिमाल प्रेस १२ मंसिर २०८१ ७:५६ | Wednesday, November 27, 2024
उपहार गोलले इन्टरको जित, अपराजित यात्रा कायमै

काठमाडौँ- इन्टर मिलानले यूईएफए च्याम्पिन्स लिगमा आफ्नो अपराजित यात्रालाई पाँचौं खेलसम्म पनि कायम राखेको छ।

इन्टरले मंगलबार घरेलु मैदान सान सिएरोमा रेडबुल लाइपजिगविरुद्ध १-० को कठिन जित दर्ता गर्‍यो।

जितसँगै पाँच खेलमा १३ अंक जोडेको इन्टर शीर्षस्थानमा छ। पाँचै खेलमा पराजित लाइपजिग विना अंक ३३औं स्थानमा छ।

आत्मघाती उपहारस्वरूप प्राप्त गोल नै इन्टरको जितमा निर्णायक गोल बन्न पुग्यो। खेलको २७औं मिनेटमा क्यास्टेलो लुकेबाबाट आत्मघाती गोल हुन पुगेको थियो।

स्टेफन डी भ्रिजको प्रहारलाई रोक्ने क्रममा लुकेबाले आफ्नै पोस्टको जाली चुमाउन पुगे।लिगअन्तर्गत मंगलबारै सम्पन्न अन्य खेलमा एसी मिलानले स्लोभान ब्रिटिसलभालाई ३-२ र एट्लेटिको मड्रिडले स्पार्टा प्रहलाई ६-० ले पराजित गरे।

प्रकाशित: १२ मंसिर २०८१ ७:५६ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast