इटालियन कपको उपाधि इन्टर मिलानलाई

हिमाल प्रेस ३१ वैशाख २०८३ ७:११ | Thursday, May 14, 2026
इटालियन कपको उपाधि इन्टर मिलानलाई

काठमाडौँ- इटालियन कपको उपाधि इन्टर मिलानले जितेको छ। लिग च्याम्पियन इन्टर मिलाले गएराति लाजियोलाई २–० ले पराजित गर्दै दुई घरेलु कप हात पारेको छ। इन्टरले यसअघि इटालीको सिरी ए पनि जितेको थियो।

रोममा भएको खेलमा एडम मरुसिचको आत्मघाती गोलमा अगाडि रहेको इन्टरका लागि लउटारो मार्टिनेजले एक गोल थपे।
यो सिजन सबै खाले प्रतियोगितामा मार्टिनेजको यो २२ औं गोल हो।

दुवै गोल पहिलो हाफमै भएको थियो। इन्टरले इटालियन कप जितेको यो १०औँ पटक हो।

प्रकाशित: ३१ वैशाख २०८३ ७:११ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast