विप्लव र प्रकाण्डले ओलीलाई भने : चीन भ्रमणमा राष्ट्रिय हितका पक्षमा कुरा गर्न नडराउनुहोला

हिमाल प्रेस १२ मंसिर २०८१ ६:४२ | Wednesday, November 27, 2024
विप्लव र प्रकाण्डले ओलीलाई भने : चीन भ्रमणमा राष्ट्रिय हितका पक्षमा कुरा गर्न नडराउनुहोला

काठमाडौँ- विप्लव नेतृत्वको नेकपाका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीलाई भेट्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले तीन बुँदे सहमति कार्यान्वयनलगायतका विषयमा छलफल गरेका थिए।

विप्लव निकट स्रोतका अनुसार भेटवार्तामा विप्लवले ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको विषयमा चीन सरकारसँग सहमति गर्न सुझाव दिँदै राष्ट्रको पक्षमा कुरा गर्न नडराउन सुझाव दिए।

विप्लवले देशको स्थिति जटिल र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढंगले खोज्नु पर्ने विषय औल्याएका थिए।

प्रकाशित: १२ मंसिर २०८१ ६:४२ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast