परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

हिमाल प्रेस १० मंसिर २०८१ १९:१३ | Monday, November 25, 2024
परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राणाको चीन भ्रमण स्वीकृत गरेको हो।

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वतयारीका लागि उनी चीन जान लागेकी हुन्।

परराष्ट्र स्रोतका अनुसार राणाको मंसिर १३ गते चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्।

प्रकाशित: १० मंसिर २०८१ १९:१३ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast