अदालतबाट शिल्पा शेट्टीलाई राहत,सलमान खानको मुद्दा विचाराधीन

हिमाल प्रेस ९ मंसिर २०८१ ९:०१
10
SHARES
अदालतबाट शिल्पा शेट्टीलाई राहत,सलमान खानको मुद्दा विचाराधीन

भारत- बिहीबार राजस्थान उच्च अदालतमा शिल्पा शेट्टी र सलमान खानविरुद्ध एसटी-एससी मुद्दाको सुनुवाइ भएको थियो। शिल्पा शेट्टीसँग सम्बन्धित मुद्दा अदालतले एसटी-एससी ऐनअन्तर्गत खारेज गरिसकेको छ भने सलमानको मुद्दा विचाराधीन छ।

सन् २०१७ मा अशोक पनवारले राजस्थानको चुरु पुलिस स्टेशनमा एसटी-एससी अधिनियमअन्तर्गत सलमान खान र शिल्पा शेट्टीविरुद्ध उजुरी दिएका थिए। उनीमाथि आईपीसीको धारा १५७ ए लगाइएको थियो।

शिल्पाले पुरानो अन्तर्वार्तामा ‘भांगी’ शब्दको दुरुपयोग गरी बाल्मीकि समुदायको अपमान गर्नुका साथै समुदायका जनताको भावनामा समेत चोट पुर्‍याएको आरोप लागेको थियो। यस अन्तर्वार्तामा शिल्पासँग सलमान खान पनि थिए।

बिहीबार भएको सुनुवाइमा न्यायाधीश अरुण मोगाको एकल इजलासले प्रारम्भिक अनुसन्धानबिना यस्तो उजुरी दर्ता गर्न नसकिने भन्दै शिल्पा शेट्टीविरुद्धको मुद्दा खारेज गरेको थियो। अदालतका अनुसार यस्तो शब्दले कसैलाई हानि वा अपमान गर्न प्रयोग गरिएको कुनै ठोस प्रमाण फेला परेन।

सुनुवाइका क्रममा शिल्पा शेट्टीका वकिलले आफ्नो तर्कमा भने,‘सलमान खान र शिल्पाविरुद्ध जुन अन्तर्वार्ताका लागि उजुरी परेको छ, ती अन्तर्वार्ता फरक–फरक छन्।’

शिल्पाको अन्तर्वार्ता सन् २०१३ को हो। शिल्पा शेट्टीको मुद्दा अदालतले खारेज गरेको भए पनि सलमान खानको मुद्दा अझै विचाराधीन छ।

दैनिक भास्करबाट

प्रकाशित: ९ मंसिर २०८१ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast