जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्व भाषा क्याम्पसका कामिमुरालाई

हिमाल प्रेस ७ मंसिर २०८१ २१:४१ | Friday, November 22, 2024
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्व भाषा क्याम्पसका कामिमुरालाई

काठमाडौँ- जापानका विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पस, जापानी भाषा विभाग प्रमुख कामिमुरा योशिहारुलाई प्रदान गरिएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज (शुक्रबार) आफ्नो निवासमा आयोजित एक समारोहमा विभागीय प्रमुख कामिमुरालाई उक्त प्रंशसापत्र प्रदान गरेका हुन्।

विदेशमन्त्रीको प्रशंसापत्र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा समूहलाई जापानसँगको मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धनमा योगदानको कदर स्वरुप प्रदान गरिन्छ। प्रशंसापत्रले प्राप्तकर्ताहरूको गतिविधिबारे जापानी जनतामा बुझाइ र समर्थन बढाउन पनि योगदान पुग्ने दूतावासले जनाएको छ।

विभाग प्रमुख कामिमुरालाई जापानी भाषा, संस्कृति, जापान र नेपालबीचको आपसी समझदारी तथा मैत्रीपूर्ण सम्बन्धको प्रवर्द्धनमा उनको महत्त्वपूर्ण योगदानको कदर गर्दै गत अगष्ट ८ मा यो प्रशंसापत्र प्रदान गर्ने घोषणा गरिएको थियो। उनी काठमाडौँमा रहेको जापानी सहायक विद्यालयको व्यवस्थापन समितिको सदस्यको रूपमा पनि कार्यरत थिए, जसले नेपालमा रहेका जापानी बालबालिकाका लागि शैक्षिक वातावरण सुधार गर्न योगदान पुर्‍याएको छ।

विभाग प्रमुखको रूपमा कामिमुराले सन् २००४ देखि आधारभूतदेखि उच्च तहसम्मका विद्यार्थीहरूलाई जापानी भाषा पढाउँदै आएका छन्। उनले क्याम्पसमा जापानी संस्कृति, इतिहास र साहित्यमा पनि अध्यापन गरेका छन्।

त्यस अवसरमा राजदूत किकुताले जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको प्रमाणका रूपमा कामिमुरालाई विदेशमन्त्रीको प्रशंसापत्र प्राप्त भएकामा बधाई दिए। साथै उनले नेपालमा जापानी भाषाको प्रवर्द्धनमा कामिमुराले अझै अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। रासस

प्रकाशित: ७ मंसिर २०८१ २१:४१ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast