राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

हिमाल प्रेस ७ मंसिर २०८१ १७:०२ | Friday, November 22, 2024
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरे

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार भेटवार्ता भएको हो। कम्बोडिया भ्रमणमा जानुअघि सभामुख घिमिरेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

सभामुख घिमिरे र कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को ८ देखि ११ मंसिरसम्म हुने ११ औँ प्लेनरी सेसनमा भाग लिन जान लागेका हुन्।

प्रकाशित: ७ मंसिर २०८१ १७:०२ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast