छैटौँपटक गणित शिक्षक माग, लाइसेन्स नचाहिने

हिमाल प्रेस ६ मंसिर २०८१ १६:५५ | Thursday, November 21, 2024
छैटौँपटक गणित शिक्षक माग, लाइसेन्स नचाहिने

काठमाडौँ- धादिङको पिण्डेश्वरी माध्यमिक विद्यालयले छैटौँपटक गणित शिक्षकका लागि आवेदन माग गरेको छ। गजुरी–४, गैरीगाउँमा रहेको उक्त विद्यालयले संघीय अनुदान कोटामा आज (मंसिर ६ गते) छैटौँपटक आवेदन माग गरेको हो।

विद्यालयले माध्यमिक तहका लागि एकजना शिक्षकका लागि विज्ञापन गरिएको जनाएको छ।

अध्यापन अनुमति पत्र (लाइसेन्स) नभए पनि स्नातक तह उत्तीर्ण भएका जो कोहीले पनि आवेदन दिन सकिने बताइएको छ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ।

दरखास्त दिने अन्तिम मिति यही मंसिर १० गतेसम्म तोकिएको छ। आवश्यक कागजातहररूमा शैक्षिक योग्यताका प्रमाण पत्रका प्रतिलिपिहरू र नेपाली नागरिकताको प्रतिलिपि भए पुग्ने विद्यालयले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८१ १६:५५ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast