भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

हिमाल प्रेस ६ मंसिर २०८१ १४:५३
30
SHARES
भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान

काठमाडौँ- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले द्विवेदीलाई यो प्रदान गरेका हुन्।

समारोहमा उपपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। सन् १९५० देखि नेपाल र भारतबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारर्थीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष द्विवेदीबीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गीअड्डामा द्विपक्षीय वार्ता भएको थियो।

वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएको कार्यबारे संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिएका छन्।

त्यस्तै द्विवेदीले उनको सम्मानमा नेपाली सेनाले प्रस्तुत गरेको सम्मान गारत निरीक्षण गरेका थिए। त्यस अवसरमा भारतीय सेनाध्यक्ष द्विवेदीले जङ्गीअड्डा परिसरमा वृक्षारोपणसमेत गरेका थिए। त्यस्तै उनले सैनिकमञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा पुष्पहार अर्पण गरेका थिए।

द्विवेदीको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। भारतीय स्थल सेनाध्यक्ष द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँचदिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौँ आएका हुन्। नेपाल–भारतबीच सैन्य प्रमुखलाई भ्रमणको क्रममा मानार्थ महारथी पद दिने परम्परा रहेको छ।

प्रकाशित: ६ मंसिर २०८१ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast