भारतीय स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौँमा

हिमाल प्रेस ५ मंसिर २०८१ १५:४१ | Wednesday, November 20, 2024
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी काठमाडौँमा भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी

काठमाडौँ- भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणका लागि काठमाडौँ आएका छन्।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा पाँचदिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष द्विवेदी बुधबार दिउँसो काठमाडौँ आएका हुन्।

भ्रमणका क्रममा उनको सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गीअड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम छ।

त्यस्तै उनले कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र पश्चिम पृतना मुख्यालयको भ्रमण गर्नेछन्।

नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। साथै द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ।

प्रकाशित: ५ मंसिर २०८१ १५:४१ | Wednesday, November 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast