काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियाका रसियन कम्युनिस्ट पार्टीका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।
बुधबार दिउँसो काठमाडौँमा भएको द्विपक्षीय भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, सामाजिक न्याय, मानवअधिकार, समाजवाद र लोकतन्त्रलगायतका विषयमा छलफल भएको जसपा नेपालका अध्यक्ष यादवको सचिवालयले जनाएको छ।
भेटवार्तामा लोकतन्त्रको रक्षा, सामाजिक न्यायको स्थापना र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने सवालमा जसपा नेपाल र रसियन कम्युनिस्ट पार्टीबीच समान धारणा रहेको र परिवर्तनकारी यी यावत उपलब्धि रक्षाका लागि दुवै पार्टीका नेताले प्रतिवद्धता जनाएका छन्।
प्रकाशित: ५ मंसिर २०८१ १५:२७
प्रतिक्रिया