मुख्यमन्त्री कार्की र क्रिकेटर सन्दीप लामिछानेले गरे विराटनगर किंग्सको जर्सी सार्वजनिक

हिमाल प्रेस ४ मंसिर २०८१ २१:४१ | Tuesday, November 19, 2024
मुख्यमन्त्री कार्की र क्रिकेटर सन्दीप लामिछानेले गरे विराटनगर किंग्सको जर्सी सार्वजनिक

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली क्रिकेटले विश्वव्यापी रूपमा उत्कृष्ट र राम्रो छवि बनाएको बताएका छन्।

मंगलबार साँझ विराटनगर किंग्सको जर्सी अनावरण तथा गीत सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले क्रिकेटबाट नेपालको विश्वमा पहिचान बनाउन सफल भएकोमा खुसी व्यक्त गरेका हुन्।

उनले खेलाडीसहित प्रशिक्षक र व्यवस्थापक सबै पक्ष नेपालको सफलताको लागि बधाईको हिस्सेदार रहेको समेत बताए । उनले विराटनगर किंग्स नेपालको सम्राट भएर विश्वमै परिचय दिनेमा विश्वास व्यक्त गरे। खेलकुदको विकासमा आफ्नो क्षमताभित्र रहेर सधैँ साथ दिनेसमेत उनले प्रतिबद्धता जनाए।

नेपालको खेलकुदमा क्रिकेटप्रति चासो बढेको भए पनि सरकारले क्रिकेटको विकासमा यथोचित् सहयोग गर्न नसकिरहेको उनले बताए। उनले भने, ‘क्रिकेटका सबै संरचनाहरू बनाउन म सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु।’

उनले कीर्तिपुरको रंगाशाला समयमै पूर्णता पाउने र देशभर नै खेलकुदका संरचना बन्ने विश्वास व्यक्त गरे। उनले क्रिकेटका संरचनाहरू बनाउन कोशी प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा काम गर्ने बताए।

विराटनगर किंग्सको जर्सी मुख्यमन्त्री कार्की र क्रिकेटर सन्दीप लामिछानेले सार्वजनिक गरेका थिए। ‘कोशीको सान हाम्रो पहिचान’ भन्ने सन्देशसहित नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व विराटनगर किंग्सले गर्नेछ।

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, कोशी प्रदेशका प्रमुख सचिव केदार शर्मा, क्रिकेटर सन्दीप लामिछानेलगायत सहभागी थिए।

प्रकाशित: ४ मंसिर २०८१ २१:४१ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast