सत्तारुढ दुईदलीय संयन्त्र पर्साले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

हिमाल प्रेस २ मंसिर २०८१ १९:०४
10
SHARES
सत्तारुढ दुईदलीय संयन्त्र पर्साले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

बीरगञ्ज– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले पर्साले जिल्लाको विकासलाई मध्यनजर गरी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने भएको छ।

आइतबार बीरगञ्जमा बसेको दुई दलीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।

संयन्त्रको बैठकले पर्सा जिल्लाको समग्र विकास निर्माणका लागि प्रधानमन्त्री तथा मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेकपा एमाले पर्साका सचिव महेश दासले जानकारी दिए।

विकास निर्माण र अन्य मागको मस्यौदा तयार पार्न बैठकले कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी र एमाले सचिव दासलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

कांग्रेस पर्साका सभापतिस तथा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्रीको अध्यक्षतामा भएको बैठकमा उपसभापति कुर्मी, जिल्ला सचिव दिनेश चौधरी तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजारा, जिल्ला अध्यक्ष डा.विश्वम्भरकुमार शर्मा र जिल्ला सचिव महेश दासको सहभागिता रहेको थियो।

सत्तारुढ दल कांग्रेस र एमालेले संयुक्त सरकारलाई सफल बनाउन केन्द्र, प्रदेश र जिल्ला तहमा दुई दलीय संयन्त्र बनाएका छन्।

प्रकाशित: २ मंसिर २०८१ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast