उपनिर्वाचन : हेटौँडा- १२ मा कुन दलबाट को उम्मेदवार? 

हिमाल प्रेस ३० कार्तिक २०८१ १०:२५ | Friday, November 15, 2024
उपनिर्वाचन : हेटौँडा- १२ मा कुन दलबाट को उम्मेदवार? 

हेटौँडा-  प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका-१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मंसिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुंगो लगाएका छन्।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मंसिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ। नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस हेटौँडा नगर समितिका सभापति उत्सव इटेनीले जानकारी दिए।

नेकपा एमालेले राजेश नगरकोटीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ भने माओवादी केन्द्रले रविन प्रधानलाई उम्मेदवार बनाएको छ। ठूला दलसँगै नेकपा एकीकृत समाजवादी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार टुंगो लगाएका छन्।

पार्टीको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा हेटौँडा नगर सभापति ध्रुवबहादुर विष्टले बताए।

एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ। गत निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा भएको थियो। यसपटक पनि त्यस्तै हुने आकलन गरिएको छ।

प्रकाशित: ३० कार्तिक २०८१ १०:२५ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast