सहकारी ठगी अनुसन्धान : रविलाई आज रुपन्देहीबाट कास्की लगिँदै

हिमाल प्रेस ३० कार्तिक २०८१ ८:२१ | Friday, November 15, 2024
सहकारी ठगी अनुसन्धान : रविलाई आज रुपन्देहीबाट कास्की लगिँदै फाइल तस्बिर

बुटवल- सहकारी ठगी आरोपमा पक्राउ परेर अनुसन्धान भइरहेका पूर्वगृहमन्त्री रवि लामिछालेनलाई आज रुपन्देहीबाट कास्की लगिँदैछ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लिखित बयान सकिएपछि पुनः कास्की लैजान लागिएको हो।

लामिछानेलाई कडा सुरक्षा घेरामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रंजीतसिंह राठौरले जानकारी दिए।

मौसम अनुकूल भएपछि बुद्ध एयरमार्फत लामिछानेलाई कास्की पठाइने राठौरले बताए।

प्रकाशित: ३० कार्तिक २०८१ ८:२१ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast