पहिलो अभ्यास खेलमा नेपाल पराजित

हिमाल प्रेस २८ कार्तिक २०८१ १५:५४
24
SHARES
पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौँ– एसीसी यु-१९ एसिया कपको तयारीमा रहेको नेपाल कर्नाटकाविरुद्ध पहिलो अभ्यास खेलमा एक विकेटले पराजित भएको छ। पराजित भएको छ। बुधबार मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कर्नाटकाले ३२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो।

कर्नाटकाका लागि रोहितले ३३, प्रज्वल गोडाले २८ रन बनाए। पाँचौं विकेटका लागि रोहित र प्रज्वलले ५० रनको साझेदारी गरे। नेपालका लागि कप्तान हेमन्त धामी र सन्तोष यादवले समान तीन, युनिशविक्रक ठकुरीले दुई तथा विपिन महतो एक विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २७.२ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको थियो। नेपालका लागि आकाश त्रिपाठीले २७, नरेन साउदले १३, युनिशविक्रम ठकुरीले १२ र सन्तोष यादवले १० रन बनाए।

कर्नाटकका लागि इसा पुथिगेले ८ ओभरमा दुई मेडनसहित ३१ रन खर्चेर पाँच विकेट लिए। यसैगरी तेजसले दुई तथा प्रणव र ध्रुवले सामन विकेट लिए। अब दोस्रो अभ्यास खेल शुक्रबार हुनेछ।

प्रकाशित: २८ कार्तिक २०८१ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast