![राप्रपा नेपालको निष्कर्ष : धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र असफल प्रमाणित [निर्णयपत्रसहित]](https://himalpress.com/wp-content/uploads/2024/11/kamal.jpg) 
                             
                                            काठमाडौँ- राप्रपा नेपालले २०६२/६३ को आन्दोलनपछि अवलम्बन गरिएका धर्मनिरपेक्षता, संघियता र गणतन्त्र असफल प्रमाणित भएको निष्कर्ष निकालेको छ।
राप्रपा नेपालले अब पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताएको छ।
राप्रपा नेपाल केन्द्रीय कार्यसमितिद्वारा वीरगन्जमा आयोजित ‘तराई मधेस राष्ट्रिय सम्मेलन’ मा भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने, हिन्दुराष्ट्र स्थापना तथा तराई मधेसको उत्थानको मुख्य उद्देश्यका साथ आगामी २०८१ पौष महिनामा ‘चतराधाम-त्रिवेणीधाम जनजागरण अभियान’ संचालन गर्ने निर्णय भएको छ।
यस्तै राप्रपा नेपालले तराई मधेस राष्ट्रिय सम्मेलन उत्साहपूर्णरूपमा सम्पन्न भएको बताएको छ। सम्मेलनमा तराई मधेशका २१ जिल्लाका १८५ प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनमा सम्मेलनमा उपाध्यक्ष धीरेन्द्र झा तथा महामन्त्री राजराम वर्तौलाद्वारा प्रस्तुत ‘मधेस उत्थान बिशेष अभियान’ सम्बन्धी अवधारणापत्र र कार्ययोजना परिमार्जनसहित पारित गरेको छ।



 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 