काठमाडौँ- जापानको कार निर्माता कम्पनी निसानले कर्मचारी कटौतीको घोषणा गरेको छ। कम्पनीको नयाँ योजनाअन्तर्गत करिब ९ हजार कर्मचारीले रोजगारी गुमाउनेछन्।
विश्वव्यापी उत्पादनमा आएको समस्याका साथै चीन र अमेरिकामा कार बिक्रीमा मन्दी आएपछि यस्तो निर्णय लिनुपरेको कम्पनीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। कम्पनीका अनुसार पछिल्लो समय विश्वव्यापी रूपमा कम्पनीको उत्पादन झन्डै पाँच प्रतिशतले घटेको छ।
निसानका प्रमुख कार्यकारी अधिकृत मकोतो उचिदाले बीबीसीसँग भनेका छन्, ‘यी परिवर्तनहरूको अर्थ कम्पनी आफैँलाई सानो बनाउन लागेको भने होइन। आफ्नो व्यापार अगाडि बढाउन र अझ लचिलो बनाउन निसानले पुनर्संरचना सुरु गर्नेछ।’
प्रकाशित: २३ कार्तिक २०८१ ११:२४
प्रतिक्रिया