लुटपाटको आरोपमा प्रहरी नै पक्राउ

हिमाल प्रेस २२ कार्तिक २०८१ १६:३०
8
SHARES
लुटपाटको आरोपमा प्रहरी नै पक्राउ

काठमाडौँ- काठमाडौँमा हुने गरेको लुटपाटको घटनामा प्रहरी नै संलग्न रहेको पाइएको छ। काठमाडौँ उपत्यकाका जघन्य र गम्भीर अपराध अनुसन्धानका लागि खटिएका प्रहरी नै लुटपाटको घटनामा संलग्न रहेको पाइएको हो।

लुटपाटको घटनाबारे उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सूचना पुगेपछि अनुसन्धान अघि बढाइएको थियो। पक्राउ पर्नेमा असई अनबहादुर पुन र जवान धीरबहादुर बुढा छन्। उनीमाथि काठमाडौँकै कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो छालाको पैसा लुटपाट गरेको आरोप छ। उनीहरू बुधबार पक्राउ परेका हुन्। कीर्तिपुर प्रहरी वृत्तमा कार्यरत उनीहरू दुवैलाई बुधबार नै जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ।

‘कुनै एक दलेसँग यी प्रहरीको सम्बन्ध भएको रहेछ। अनि एक जनाले पुरानो लेदरको पैसा छ त्यो बेच्ने भनेको यीनिहरूले थाहा पाएछन्,’ काठमाडौँ प्रहरी परिसर स्रोतले भन्यो, ‘नियमित उक्त रेस्टुरेन्टमा आइरहने पैसाका धनी युवकलाई लुट्न र पक्राउ गर्न भन्दै दलेसँग मिलेर उनीहरूले रेस्टुरेन्ट सञ्चालकलाई नै हत्कडीसमेत दिएका रहेछन्।’

प्रहरी स्रोतका अनुसार उक्त युवकलाई पक्राउ गरी लेदरको पैसा लुट्न सके असई र जवानलाई २५ लाख दिने सहमति दलालसँग भएको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पछि प्रहरीले नै उक्त पैसा लिएर भागेको पनि बताइएको छ।

पैसा धनी युवक र दलाल अहिले पनि फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको खोजी भइरहेको बताएको छ।

प्रकाशित: २२ कार्तिक २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast