नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

हिमाल प्रेस २२ कार्तिक २०८१ १३:०७
26
SHARES
नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य फाइल तस्बिर

काठमाडौँ– आईसीसी यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटमा बिहीबार नेपाल र कुवेतबीच खेल भइरहेको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३० रन बनाएको छ। १३१ रनको लक्ष्य पाएको कुवेतले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ।

नेपालका लागि कप्तान पुजा महतोले ३४ रन बनाइन् भने साना प्रविणले २५ र ज्योत्सिना मरासिनीले २३ रनको योगदान दिइन्। यूएईमा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो। प्रतियोगितामा अर्को टिम यूएई छ।

प्रकाशित: २२ कार्तिक २०८१ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast