सानीभेरी गाउँपालिकाद्वारा अनमी माग, मंसिर ४ गतेभित्र आवेदन दिन सकिने

हिमाल प्रेस २१ कार्तिक २०८१ ११:४४
36
SHARES
सानीभेरी गाउँपालिकाद्वारा अनमी माग, मंसिर ४ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ- रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिकाले दुली स्वास्थ्य चौकीका लागि करारमा एकजना अनमी (चौथो तह) मा गरेको छ। गाउँपालिकाले (कात्तिक २० गते) मंगलबार सूचना जारी गर्दै आवेदन माग गरेको प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिए।

आवेदनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ विषयमा १५ महिने कोर्स उत्तीर्ण भएको प्रमाण पत्र, एसईई/एस.एल.सी. उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, नर्सिङ उत्तीर्ण शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको वा उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ (दुई) प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि आदि चाहिने छ।

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन्। दरखास्त दस्तुर एक हजार रुपैयँ, तलब गाउँपालिकाको निर्णयानुसार हुने जनाइएको छ। गाउँपालिकाको कार्यालयमा कार्यालय समयमा मंसिर ४ गतेभित्र दरखास्त दिन सकिनेछ। कर्णाली प्रदेश लोक सेवा आयोग अ.न.मी. चौथो तहको पाठ्यक्रमअनुसार परीक्षा र अन्तर्वार्ता हुनेछ।

प्रकाशित: २१ कार्तिक २०८१ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast