
काठमाडौँ- म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा एकरएक को बराबरी खेल्दै अंक बाँडेका छन्। घरेलु मैदानमा युनाइटेडले पहिले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो।
खेलको ७०औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन। त्यसको चार मिनेटपछि नै मोइसेस काइसेडोले चेल्सीका लागि बराबरी गोल फर्काए।
बराबरीपछि चेल्सी १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा उक्लेका छन्। आर्सनल र एस्टन भिल्ला समान अंक भएपछि चेल्सी गोल अन्तरमा अघि छन्। युनाइटेड भने १० खेलबाट १२ अंकसहित १३औं स्थानमा छ ।
यस्तै अर्को खेलमा डोमिनिक सोलान्कको दुई गोल मद्दतमा टोटनहमले एस्टन भिल्लामाथि ४-१ को जित निकालेको छ । ब्रेनान जोनसन र जेम्स म्याडिसनले एकरएक गोल गरे।
एस्टन भिल्लाका लागि मवर्गन रोजर्सले पहिले गोल गरेपनि अग्रता कायम रख्न सकेन। जितपछि १० खेलबाट १६ अंक जोडेर टोटनहम सातौं स्थानम उक्लेको छ । १८ अंकसहित भिल्ला छैटौं स्थानमा छ।