तिहारका टीकाका दिन कस्ताे रहला माैसम?

हिमाल प्रेस १७ कार्तिक २०८१ १८:५५
16
SHARES
तिहारका टीकाका दिन कस्ताे रहला माैसम?

काठमाडाैँ-   तिहारको मुख्य दिन भाइटीकाका दिन आइतबार कात्तिक १८ गते पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८१ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast