अटोमार्फत प्रचारमा ‘केटी हराएको सूचना’

हिमाल प्रेस १४ कार्तिक २०८१ १०:५५ | Wednesday, October 30, 2024
अटोमार्फत प्रचारमा ‘केटी हराएको सूचना’

काठमाडौँ- यही कार्तिक ३० देखि प्रदर्शन हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को उपत्यकाबाहिर प्रचारप्रसार सुरु भएको छ।

देशका प्रमुख सहरका करिब ६ सय अटोमा फिल्मका नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ अंकित पोस्टर टासेर प्रचारप्रसारको सुरु गरिएको हो।

निर्माण पक्षका अनुसार दाङ, धनगढी, नेपालगञ्ज, जनकपुर, चितवन, हेटौडा, वीरगञ्ज, विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडजस्ता देशका प्रमुख सहरमा फिल्मको अटो प्रमोसन सुरु गरिएको छ। स्थानीय दर्शकमाझ अटो नियमित पुगिरहने भएकोले यसको माध्यमबाट प्रचारप्रसार गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्ममा ३२ वर्षअघिको डकु- ड्रामा ‘उजेली’ का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ। दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ। फिल्ममा दीपेन्द्र गौचनको कथा लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाहको विशेष भूमिका छन्।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता र अमितेष शाह सहायक निर्मातामा छन्।

अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व निर्देशन, राजिव कर्णको कोरियोग्राफी, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर छ।

फिल्मको यसअघि संवादरहित टिजर र ‘हेर्दै जाऊ’ बोलको गीत सार्वजनिक भइसकेको छ। ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो।

प्रकाशित: १४ कार्तिक २०८१ १०:५५ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast