कक्षा १, २ र ४ को पाठ्यपुस्तक छपाइका लागि आवेदन माग

हिमाल प्रेस १२ कार्तिक २०८१ १२:३० | Monday, October 28, 2024
कक्षा १, २ र ४ को पाठ्यपुस्तक छपाइका लागि आवेदन माग

काठमाडौँ- पाठ्यक्रम विकास केन्द्र भक्तपुरले आगामी शैक्षिक वर्षका लागि कक्षा १, २, ४ कक्षाको पाठ्यपुस्तक छपाइका लागि आवेदन माग गरेको छ।

केन्द्रले कात्तिक ६ गते सूचना जारी गर्दै आवेदन माग गरेको हो।

प्रकाशित सूचनामा भनिएको छ,‘पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ बमोजिम नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मा.मन्त्रीस्तरको मिति २०८१/६/१० को निर्णयानुसार शैक्षिक सत्र २०८२ का लागि देशभर कक्षा १, २ र ४ का पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री निजी क्षेत्रका मुद्रक तथा वितरकहरुबाट छपाइ गरी बिक्री वितरण गर्ने प्रयोजनका लागि शैक्षिक सत्र २०८१ का लागि अनुमति पाएका फर्म/संस्थालाई नवीकरण गर्न तथा थप सुचीकृत हुन चाहने इच्छुक मुद्रक तथा वितरकले आफ्नो प्रोफाइलसहित यस केन्द्रबाट तोकिएको ढाँचामा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस केन्द्रमा आईपुग्ने गरी १० रुपैयाँको टिकट टाँसी सिलबन्दी प्रस्ताव पेस गर्न यो सूचना प्रकाशन गरिएको छ।’

प्रकाशित: १२ कार्तिक २०८१ १२:३० | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast