यस्तो छ ‘फिरफिरे फिरिरी’ को ट्रेलर

हिमाल प्रेस ९ कार्तिक २०८१ १०:३९ | Friday, October 25, 2024
यस्तो छ ‘फिरफिरे फिरिरी’ को ट्रेलर

काठमाडौँ- हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ। २ मिनेट ४२ सेकेन्डको ट्रेलरमा गाउँमै विभिन्न पेशा गरेर बसेका चार युवकको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई देखाएको छ। अन्त्यतिर युवतीलाई भूतको रुपमा प्रस्तुत गर्न खोजिएको छ।

नविन भट्टको निर्देशनमा बनेको फिल्म कात्तिक २२ देखि प्रदर्शन हुनेछ। फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बु, पुष्प अवस्थीलगायत कलाकारको अभिनय छ। सन्दीप श्रेष्ठ र भावना उप्रेती डेब्यु कलाकार हुन्।

फिल्मका निर्माता मनोज कुमार अधिकारी हुन्। उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन्। उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ निर्माण गरेका थिए।

फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्युजिक, प्रशान्त शिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ। फिल्म बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको हो।

प्रकाशित: ९ कार्तिक २०८१ १०:३९ | Friday, October 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast